राजनीति


प्रधानमन्त्रीमा ओली पुन:नियुक्त, शपथ भोलि

प्रधानमन्त्रीमा ओली पुन:नियुक्त, शपथ भोलि

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १६:३३,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन: प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
उनको सपथ भोलि गर्ने शीतल निवासले तयारी गरेको छ।

यस अघि ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आह्वान गरेकी थिइन्।

उक्त समयसीमाभित्र कसैको पनि दाबी परेको थिएन।

 president bigyapti29

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .