राष्ट्रपति कार्यालयको वेबसाइटमा शुक्रबार राति राखिएका महत्त्वपूर्ण दुई प्रेस विज्ञप्ति गायब भएका छन्।
‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नुभएको’ शीर्षकका विज्ञप्ति राष्ट्रपति कार्यालयको वेबसाइटमा अहिले देखिँदैनन्।
ती विज्ञप्ति राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ ८ गते क्रमशः राति ११:३८ र ०१:४९ बजे प्रकाशन गरिएका थिए। तर अहिले गायब छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले साइट ह्याक भएको हुन सक्ने दाबी गरेका छन्। यसको अनुसन्धान थालिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया