राजनीति


योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको पाठ्यक्रम तयार

योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको पाठ्यक्रम तयार

नेपालखबर
भदौ २, २०७६ सोमबार १४:५६,

योग बिज्ञान, प्राकृतिक चिकित्सा बिज्ञान, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रम तयार भएको छ।

योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयारगरी शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ।

योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा प्राविधिक शिक्षा तथा विद्यालय शिक्षामा आवश्यकता, सम्भाव्यता, औचित्यता र सान्दर्भिकताको आधारमा सञ्चालन गर्न सकिने सम्भावित कार्यक्रमहरुको पहिचान गर्न नेपाल संस्कृत विश्व विद्यालयका अध्यक्ष डा हरिप्रसाद पोखरेलको संयोजकत्वमा गठित समितिले मन्त्री पोखरेललाई प्रतिवेदन बुझाएको हो।

समितिको प्रतिवेदन बुझ्दै शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आवश्यक तयारी र छलफल पछी समितिले बुझाएको सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले यो बिषय आफ्नो प्राथामिकतामा रहेको उल्लेख गर्दै तत्कालै कार्यान्वयनमा लैजान आवश्यक कदम चाल्ने पनि बताए।

समितिले योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा बिद्यार्थीहरुको आकर्षण बढाउनको लागी कक्षा ९ देखि १२ सम्मको विद्यालय शिक्षामा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी ऐच्छिक बिषयहरु तत्कालै अध्यापनको व्यवस्था गर्न उपयुक्त हुने सुझाव पनि दिएको छ।

नयाँ पाठ्यक्रममा नेपालको जडिबुडी सम्बन्धी वास्तविक अध्ययन समेटिएको समितिका संयोजक डा पोखरेलको भनाई छ। बिभिन्न उपसमितीहरु निर्माण गरी करिब ४ महिनामा प्रतिवेदन तयार पारिएको पोखरेलले बताए। नयाँ पाठ्यक्रममा नेपालको संस्कृति, सभ्यता, योगदेखी नेपालका बनजंगल जडिबुडीको अध्ययन गर्न सकिने पोखरेलले बताए। योगमाया विश्वविद्यालय बन्दै गरेको स्मरण गर्दै संयोजक पोखरेलले यसबाट उच्च शिक्षा पढ्न समेत सुनिश्चतता हुने बताए।

समितिको सदस्यहरुमा प्राडा सञ्जय पोखरेल, प्राडा नन्दबहादुर सिंह, डा शेषराज आर्चाय, डा जनकबहादुर बस्नेत, डा लेखनाथ पौडेल, सञ्जिवकुमार राई रहेका थिए भने सदस्य सचिव प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका पाठ्यक्रम विकास महाशाखाका निर्देशक दिपकप्रसाद पौडेल रहेका थिए। २०७६ बैसाख १९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad