सरकारले देशका ठूला नदीमा जल यातायात सञ्चालन गर्ने घोषणा गरेको छ।
नारायणी नदीको त्रिवेणी, नाराणघाट, देवघाट हुँदै दासढुंगा जोड्ने खण्डलाई मदन आश्रित जलमार्ग नामाकरण गरिने भएको छ।
आगामी आर्थिक वर्षदेखी कोशी, नारायणी र कर्णालीमा पानीजहाज सञ्चालनको लागि टर्मिनल बनाउन बजेट विनियोजन गरिएको छ।
कोशी नदीको चतरादेखी भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा पर्ने अवरोध हटाइने छ।
सुनकोशी नदीको दोलालघाटदेखी खुर्कोट हुँदै अरुण दोभान, राप्ती नदीको भालुवाङ हुँदै सिक्टा, तामाकोशी र कालिगण्डकीको संभाव्यता अध्ययन गरिने भएको छ।

प्रतिक्रिया