प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल पक्षलाई आफूसँग एकताबद्ध गराउन पार्टीलाई २०७५ जेठ ३ पूर्वकै अवस्थामा फर्काउने घोषणा गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता शंकर पोखरेल निकै खुसी भएका छन्।
ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेको भोलिपल्ट सोमबार बिहान सामाजिक सञ्जालमार्फत ओलीनिकट नेता पोखरेलले अब मन मिलाउन र पार्टी बनाउन नेपाल पक्षका नेतालाई अपिल गरेका हुन्।
‘जेठ २ मा फर्किने कुरा भो। अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं,’ पोखरेलले भनेका छन्, ‘जनता पार्टीको साथमै छन्। समस्या नेतृत्वबीच हो। पहल गरौं।’
अध्यक्ष ओलीले एकताका लागि गरेका प्रस्तावमा नेपाल समूहकै नेताबीच मतभिन्नता देखिएको छ। यसभित्र एक पक्षले ओलीको प्रस्तावलाई स्वागत गरेका छन् अर्का पक्षले फेरि पनि यो स्वार्थ पूरा गर्ने षडयन्त्र भन्दै अस्वीकार गरेका छन्।

प्रतिक्रिया