जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रदेशका मुख्यमन्त्रीबाट आफ्ना पार्टीका सभासदहरुलाई मन्त्रीको अफर आएको खुलासा गरेका छन्।
आज बिहान ट्विट गर्दै उनले सत्ता जोगाउन प्रधानमन्त्री केपी ओलीकै शैलीमा मन्त्रीको लोभ देखाइएको बताएका हुन्।
उनले सुनको बाला लिएर लोभी वटुवाको सिकार गर्ने बाघको कथा स्मरण गर्दै लोभमा नफस्न सभासदलाई सचेत पनि गराएका छन्।
जसपाका सभासद केन्द्रले स्वीकृति दिए धरापमा परेको गण्डकी सरकारमा मन्त्री हुन जान तयार भएको र यो अभियानमा पूर्वएमालेबाट जसपा आएका नेताहरु नै लागेको गाइँगुइँ चलिरहँदा भट्टराईको भनाइ सार्वजनिक भएको हो।
संघमा मालिकको सिको गर्दै प्रदेशमा ओलीभक्त बुढा बाघहरू हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत भैरहेछन्।खबरदार,नझुक्किऊॅ! भोक लाग्यो भन्दैमा अखाद्यवस्तु खान हुन्न!विष गुलियोमा मिसाएरै ख्वाइन्छ! पंचायतको अन्तिम दिनका वा ज्ञानेन्द्रकालका टीकेमन्त्रीको वेहाल सम्झौं!
— Baburam Bhattarai (@brb1954) June 7, 2021

प्रतिक्रिया