राजनीति


यस्तो आयो सर्वदलीय बैठकको निर्णय

यस्तो आयो सर्वदलीय बैठकको निर्णय

नेपालखबर
भदौ ३, २०७६ मंगलबार १५:२९,

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ।

बैठकले देशको समसामयिक बिषयमा दलहरुबीच साझा धारणा बनाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

मंगलबार साँझ सञ्चारकर्मीमाझ बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै नेता श्रेष्ठले लोकतन्त्र, संघीयता, धर्म निरपेक्षतालगायतका विषयहरुमा विभिन्न कोणबाट प्रहार भइरहेको र ति उपलब्धिहरुको पक्षमा सबै दल एकताबद्ध हुनुपर्ने विषयमा छलफल केन्द्रित भएको बताए।

तत्काल प्रतिगमनको खतरा नरहेको तर विगतमा जुन शक्तिहरु विस्थापित भए उनीहरुबाट सचेत रहनुपर्ने आवश्यकता रहेकाे प्रवक्ता श्रेष्ठको भनाई थियो।

यस्तै, सर्वदलीय बैठकले हिंसा विरुद्ध सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्ने निष्कर्ष निकालेको छ।

‘देशले लामो समयसम्म हिंसा ब्यहोरेको छ, अब कुनै पनि प्रकारको हिंसालाई कसैले पनि प्रोत्साहन गर्नुहुँदैन र सरकारले हिंसालाई नियन्त्रणमा लिन आवश्यक सबै प्रकृया अपनाउने तथा आवश्यकता अनुसार वार्तालाई पनि अगाडि बढाउने विषयमा सबै दल एकमत भएका छौँ’ प्रवक्ता श्रेष्ठले भने, ‘यो विषयमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा लगायत सबै दलका नेताहरुले हामी सरकार र नेकपासँगै छौँ भनेर विश्वास दिलाउनुभएको छ।’

बैठकमा सत्तारुढ नेकपाका शिर्ष नेतासहित का‌ंग्रेस सभापति देउवा, समाजवादी दलका अध्यक्ष डा बाबुराम भट्टराई र उपेन्द्र यादव र राजपाका नेता महन्थ ठाकुर लगायतका नेताहरु सहभागी थिए।

बैठकमा प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे पनि जानकारी दिएका थिए। उनले बाहिर हल्ला चलेजस्तो आफ्नो स्वास्थ्य अवस्था गम्भीर नरहेको बताएका प्रवक्ता श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री ओली चिकित्सकहरुको सल्लाह अनुसार नै नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेको उनले बताए।

उपचारका लागि ८/१० दिन जति सिंगापुर बस्ने प्रधानमन्त्रीलाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले बताए।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि ५ गते सिंगापुर जाँदैछन्। यसअघि उनी साउन १८ गते उपचारका लागि सिंगापुर गई साउन २७ गते फर्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad