राजनीति


मुख्यमन्त्री भट्टले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ (लाइभ)

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ (लाइभ)

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ५:३२,

सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ भएको छ। 

प्रदेश सभा बैठकमा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ उपनियम ४ अनुसार मुख्यमन्त्री भट्टले विश्वासको मत लिन प्रस्ताव पेस गरेका छन्।

अहिले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट सांसदले सम्बोधन गर्ने क्रम जारी छ।

आज बिहान बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले माओवादी केन्द्रबाट मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार छ। सबैभन्दा ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद छन्।

सुदूरपश्चिम प्रदेश सभामा एमालेको नेपाल–खनाल समूह बलियो छ। नेपाल–खनाल समूहमा १५ सांसद छन् भने ओली समूहमा ९ सांसद मात्र देखिएका छन् ।

यस्तै माओवादी केन्द्रका १४ सांसद रहेकामा अहिले ऊसँग १३ जना मात्रै छन्। माओवादी केन्द्रबाट विजयी अछामका झपडबहादुर बोहरा एमालेमा प्रवेश गरेपछि उनको सांसद पद गुमेको हो। यस्तै प्रदेश सभामा कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन्।

मुख्यमन्त्री भट्टलाई सरकार जोगाउन २७ सांसद आवश्यक पर्छन्। माओवादी केन्द्रले आफ्ना पक्षमा २८ मत आउने दाबी गरेको छ।

‘एमालेको नेपाल–खनाल समूह सरकारमै भएकाले विश्वासको मत सजिलै प्राप्त गर्छौं,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘एमालेका १५ सांसदले विश्वासको मत दिने अनुमान हामीले गरेका छौँ।’

हेर्नुहोस्, सुदूरपश्चिम प्रदेश सभाको जारी बैठकको लाइभ :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad