प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रलाई पनि आजै सहभागी गराउने गरी छलफल सुरु भएको छ।
मुख्यमन्त्री लालबाबु राउत र माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह मन्त्रीबारे टुंग्याउन छलफलमा जुटेका हुन्।
नेपाली कांग्रेस रामसरोज यादवको नेतृत्वमा ३ मन्त्रालयसहित सहभागी हुन लागेको हो।
यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई सञ्चार मन्त्रालय दिने सहमति भएको छ।
मुख्यमन्त्री कार्यालयमा अहिले शपथको तयारी गरिएको छ।

प्रतिक्रिया