राजनीति


चन्द्रयान २ सम्पर्कविहीन भएपछि पाकिस्तानको आलोचनात्मक प्रतिक्रिया

चन्द्रयान २ सम्पर्कविहीन भएपछि पाकिस्तानको आलोचनात्मक प्रतिक्रिया

नेपालखबर
भदौ २१, २०७६ शनिबार ७:११,

४७ दिनको यात्रापछि चन्द्रयान ‘विक्रम’ शनिबार बिहान चन्द्रमामा अवतरण गर्नेक्रममा सम्पर्कविहीन भएको हो।

चन्द्रमाको सतहभन्दा दुई किलोमिटर मात्र टाढा रहेको चन्द्रयान सम्पर्कविहीन भएको भारतीय अन्तरिक्ष संस्था इसरोले जनाएको छ।

इसरोले उक्त यानबाट डेटा जुटाउने कार्य प्रयास भइरहेको बताएको छ। अहिलेसम्म अमेरिका, रुस र चीनले मात्र अन्तरिक्षमा अन्तरिक्षको सफल अवतरण गराउन सफल भएका छन्।

भारतको चन्द्रयान सम्पर्कविहीन भएपछि पाकिस्तानले आलोचनात्मक प्रतिक्रिया जनाएको छ।

पाकिस्तानका विज्ञान तथा प्रविधिमन्त्री हुसेन चौधरीेले चन्द्रयान २ को सम्पर्क विच्छेद भएपछि ट्वीटमा भनेका छन्,‘मोदीले भूउपग्रह संचारको बारेमा भाषण दिएका थिए। खासमा उनी नेता होइनन्, उनी एक अन्तरिक्षयात्री हुन्। लोकसभाले एक गरिब मूलुकको ९ सय करोड मोदीले बर्बाद गरेकोमा प्रश्न गर्नुपर्छ।’

उनले अर्को ट्वीटमा ह्यासट्याग इन्डियाफेल्ड अर्थात् भारत असफल भएको भन्दै ट्वीटमा भनेका छन्,‘म हैरान भएको छु। भारतीयले मलाई गाली गरिरहेका छन् मानौं मैले उनीहरुको अभियान असफल बनाएको हुँ। भाई हामीले यो भनेका थियौं र? ९ सय करोड यस्ता नालायकहरुमा लगानी गर? अब धैर्य गर र निदाउने कोशिस गर।’

यस विषयमा पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले पनि ट्वीट गरेका छन्। उनले भनेका छन्,‘धेरै राम्रो इसरो। यो कसको गल्ती होला? निर्दोष कस्मिरी जनता जसलाई तिमीहरुले कैदी बनाइएको छ? मुसलमान र अल्पसंख्यकको? भारतभित्रको हिन्दुत्व विरोधी आवाजाको? अथवा आइएसआइको? कसको गल्ती? तपाईको हिन्दुत्वले काहीँ पुर्याउन सक्दैन, चन्द्रमालाई एक्लै छाडिदेउ।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad