प्रतिनिधि सभाको बैठक ६ दिनका लागि स्थगित भएको छ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकबाट चार वटा अध्यादेश स्वीकृत भएका छन्। त्यससँगै सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।
सभामुख अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए। प्रतिनिधि सभाबाट बजेट र त्यससँग सम्बन्धित विधेयक पारित भइसकेका छन्।
177
Shares

प्रतिक्रिया