राजनीति


विप्लवका क्षेत्रीय कमान्डर वली पक्राउ

विप्लवका क्षेत्रीय कमान्डर वली पक्राउ

नेपालखबर
भदौ २६, २०७६ बिहिबार ६:१०,

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका क्षेत्रीय इन्चार्जलाई पक्राउ गरेको छ।

विप्लव नेकपाका ४ नम्बर क्षेत्रीय कमान्डर पुरणबहादुर ओलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

४५ वर्षीय वलीलाई इलाका प्रहरी कार्यालय मोतीपुरले बासगढी नगरपालिका—५ ब्यारेल टोलबाट पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय मोतीपुरका प्रहरी उपरीक्षक राजेश नाथ बाँस्तोला वलीलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका वली विस्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा फरार अभियुक्त हुन्।

 पक्राउ परेका वलीलाई अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad