ad ad

राजनीति


कांग्रेस र समाजवादीले नाम नपठाउँदा बस्न सकेन बागमती प्रदेश सभा बैठक

कांग्रेस र समाजवादीले नाम नपठाउँदा बस्न सकेन बागमती प्रदेश सभा बैठक

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०७९ सोमबार १४:३०, हेटौंडा

सोमबार अपराह्न १२ बजे बस्ने भनिएको बागमती प्रदेश सभा बैठक अझै बस्न सकेको छैन।

बागमती प्रदेशसभामा संसदीय समितिहरू गठन गर्ने कार्यसूची तय भएको थियो।

तर नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सदस्यहरूको नाम नपठाउँदा प्रदेशसभा बैठक बस्न नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ।

आइतबार सर्वदलीय बैठक बसेर सोमबारको बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो।

तर कांग्रेस र एकीकृत समाजवादीले सदस्यहरूको नाम नपठाएपछि १२ बजेका लागि बोलाएको प्रदेश सभा बैठक निर्धारित समयमा बस्न नसकेको हो।

प्रतिपक्ष दल कांग्रेस र समाजवादीका नेताहरू संघीय सरकारमा समेत समितिहरू गठन नभएको भन्दै अहिले नै समितिहरू गठन गर्न हतार नभएको भन्दै आलटाल गरिरहेका छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण खनाल पनि आफ्नो पार्टीबाट समितिमा पठाउने सदस्यहरूको नाम तयार भए पनि अहिले नै पठाउन आवश्यक नभएको नेपालखबरसँग बताए। ‘सम्भवत आजको बैठक बस्दैन होला,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .