राजनीति


बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

नेपालखबर
साउन २७, २०८२ मंगलबार १९:२९, हेटौँडा

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँँले विश्वासको मत प्राप्त गरेका छन्। मङ्गलबार आज बागमती प्रदेश सभा बैठकबाट मुख्यमन्त्री बानियाँँले विश्वासको मत प्राप्त गरेका हुन्। 

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँँले आज सदनबाट विश्वासको मत प्राप्त गरेका हुन्।

नेकपा एमालेको २७ र नेपाली कांग्रेसको ३६ गरी ६३ मत प्राप्त गरेका हुन्। नेपाली कांग्रेसका कुल ३७ सांसदमध्ये रामकृष्ण चित्रकार अमेरिका भ्रमणमा गएका कारण उनले ६३ मत प्राप्त गरेका हुन्।

यता तीनजना मन्त्री नियुक्तिको बटन लाइनमा रहेका लामा समूहका १३ जना सांसदले पनि बानियाँलाई विश्वासको मत दिएका हुन्।

मुख्यमन्त्री बानियाँको विश्वासको विपक्षमा २२ मत प्राप्त भएको थियो भने ७  सांसद तथस्ट बसे। ११० सदस्यीय प्रदेश सभामा आजको बैठकमा भने ९२ सांसद उपस्थित थिए।

विश्वासको मतलगत्तै लामाले प्रस्ताव गरेअनुसारकै मन्त्री नियुक्त गर्ने शर्तमा मुख्यमन्त्री बानियाँले सहमति जनाएपछि लामा समूहले विश्वासको मत दिन तयार भएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad