राजनीति


झापामा आज ‘नेपालको निजी क्षेत्रसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली’

झापामा आज ‘नेपालको निजी क्षेत्रसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली’

नेपालखबर
फागुन ९, २०८२ शनिबार १०:१३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापामा निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने भएका छन्। 

पूर्वप्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा दिउँसो ३ बजे हुने अन्तरक्रियामा सहभागी हुने भएका हुन्। 

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) को आयोजनामा हुने उक्त कार्यक्रममा दुईवटा प्यानल डिस्कसन समेत राखिएको छ।

हिसानका अध्यक्ष युवराज शर्माका अनुसार ‘नेपालको निजी क्षेत्रसँग पूर्व प्रधानमन्त्री केपी शर्मा ओली’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको हो। 

अन्तरसंवादमा निजी क्षेत्रका मुख्य ६ वटा क्षेत्रलाई समेटेर प्यानल डिस्कसन गरिने शर्माले जानकारी दिए।

निजी क्षेत्र,नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरणका विषयमा शिक्षा, उर्जा, उद्योग व्यावसाय, स्वास्थ्य, सूचना प्रविधिका क्षेत्रमा नेपालका सम्भावना र चुनौतिका विषयमा छलफल गरिनेछ।

प्यानल छलफलमा हिसानका पूर्वअध्यक्ष रमेश कुमार सिलवाल, इपानका अध्यक्ष गणेश कार्की, प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरी, मेडिकल एसोसिएसनका अध्यक्ष डा ज्ञानेन्द्र कार्की, आईटी उद्यमी सुलभ बुढाथोकी र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं ससहभागी हुनेछन्। 

प्यानलमा सहभागी वक्ताहरूले आफ्ना क्षेत्रका तत्कालीन र दीर्घकालीन समस्या र समाधानका उपाय, नीतिगत अवरोध र नयाँ सरकारसँग आफ्ना अपेक्षा राख्नेछन्।

यसैगरी जेन जेड र निजी क्षेत्रका विषयमा पनि छलफल हुने शर्माले जानकारी दिए। 

उनका अनुसार प्यानल छलफलमा उठेका जिज्ञासा, नीतिगत अवरोध र देशले अँगालेको नीजी क्षेत्रसम्बन्धी नीतिबारे अध्यक्ष ओलीले आफ्ना धारणा राख्नेछन्। 

कार्यक्रम दिउँसो ३ बजे दमक चोकस्थित गोरखा डिपार्टमेन्टको सगरमाथा हलमा आयोजना हुनेछ।

कार्यक्रममा सहभागिताका लागि अध्यक्ष ओली आज काठमाडौँबाट झापा पुग्दै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad