ad ad

राजनीति


दोलखाका पाँच स्थानमा बुथ कब्जा भएको उजुरी, पुन: मतदान गराउन माग

दोलखाका पाँच स्थानमा बुथ कब्जा भएको उजुरी, पुन: मतदान गराउन माग

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १८:४, काठमाडौँ

बुथ कब्जाले सधैँ बदनाम दोलखा यो निर्वाचनमा पनि अछुतो रहन सकेन। आइबार भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनले बुथ कब्जा गरेको आरोप लागेको छ।

नेपाली कांग्रेसबाट प्रदेशसभाका उम्मेदवार कुन्दनराज काफ्लेको नेतृत्वमा बुथ कब्जा भएको दाबी नेकपा एमालेले गरेको हो।

दोलखामा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले जिल्लाका पाँच स्थानमा बुथ कब्जा भएको दाबी गरेका छन्। 

उनले निर्वाचन गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मीकोसमेत मिलेमतोमा सत्ता गठबन्धनका कार्यकर्ताले पाँच स्थानमा बुथ कब्जा गरेको जनाएका छन्। 

उक्त घटनालाई लिएर शिवाकोटीले आइतवार दोलखास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुन:मतदानका लागि निवेदन दिएका छन्। शिवकोटीले मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठलाई निवेदन बुझाएका हुन्। 

'गठबन्धन दल, निर्वाचनमा खटिएका कर्मचारी र शान्ति सुरक्षा दिने निकायसमेतको मिलेमतोमा बुथ कब्जा गरी मतदान केन्द्र नै भयावह बनाई एकलौटी गठबन्धनको पक्षमा मत खसाएकाले निम्न निर्वाचन केन्द्रको चुनाव रद्द गरी पुन निर्वाचन गरि पाऊँ', उनले निवेदनमा भनेका छन्। 

एमालेका अनुसार आइतवार बैतेश्वर मावि मतदान केन्द्र, हेल्थपोष्ट मतदान केन्द्र तामाकोशी-३ , वडा कार्यालय पिपलबोट मतदान केन्द्र वैत्यश्वर-१, नविन मावि शैलुङ-३ र जफे प्रावि मेलुङ-४ मेलुङमा सत्ता गठबन्धनले बुथ कब्जा गरेर एकलौटी भोट खसाएको हो। 

दोलखामा बुथ कब्जा हुन नदिन सरकारले कमाण्डो टोली पनि उतारेको थियो। शनिबार नेपाल र सशस्त्र प्रहरीका प्रमुखहरु पनि दोलखा पुगेर बुथ कब्जा हुन नदिने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .