राजनीति


पाँचथरमा मध्याह्नबाट मात्रै मतगणना सुरु हुने

पाँचथरमा मध्याह्नबाट मात्रै मतगणना सुरु हुने

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार ९:२९, पाँचथर

पाँचथरमा सोमबार दिउँसोबाट मात्रै मतगणना सुरु हुने भएको छ। 

पाँचथरमा सोमबार बिहानसम्ममा सबै मतदान केन्द्रका मतपेटिका मतगणनास्थलसम्म पुर्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मध्याह्नबाट मतगणना थाल्ने तयारी अनुसार बिहान ११ बजे दल तथा उम्मेदवारका प्रतिनिधिलाई बैठकका लागि बोलाइएको निर्वाचन कार्यालयले जनाएको छ।

आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ।

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ३९ हजार छ सय ३७ जना पुरुष र ३५ हजार दुई सय ६१ महिला गरी ७४ हजार आठ सय ९८ जना मतदाता छन्। 

जिल्लामा कूल एक लाख ३८ हजार नौ सय ३२ मतदाता थिए। करिब ५४ प्रतिशत मतदाताले मात्रै मतदान गरेका छन्। 

आइतबार मतदानको क्रममा कुम्मायक गाउँपालिका–४ स्थित सिद्ध माध्यमिक विद्यालय तिङदेन ‘ख’ मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीको २१  मतपत्र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीको मतपेटिकामा परेपछि झण्डै दुई घण्टा मतदान रोकिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .