अर्घाखाँचीमा मतगणनामा ढिलाई भएको छ। ८ बजे शुरु हुने भनिएको मतगणना करिब १० बजे मात्रै शुरु हुने भएको छ।
एउटा निर्वाचन क्षेत्र रहेको अर्घखाँचीमा राती ३ बजे नै सर्वदलिय बैठक बसेको थियो।
मुख्य निर्वाचन अधिकृत श्री कृष्ण भट्टराईले कर्मचारी र दलका प्रतिनिधी मतगणना स्थलमा आउने क्रम रहेकाले केहि ढिलाई भएको जानकारी दिए। उनले १० बजेसम्ममा मतगणना शुरु भई सक्ने बताए।
अर्घाखाँचीमा नेकपा एमालेको तर्फबाट टोपबहादुर रायमाझी प्रतिस्पर्धा रहेका छन् भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेस पुष्पा भुसाल गौतम रहेकी छन्।
15
Shares

प्रतिक्रिया