राजनीति


खुम्बुको मतपेटिका हेलिकोप्टरले ओसारेपछि मात्रै सोलुमा मतगणना हुने

खुम्बुको मतपेटिका हेलिकोप्टरले ओसारेपछि मात्रै सोलुमा मतगणना हुने

नेपालखबर
मंसिर ५, २०७९ सोमबार ९:३२, काठमाडौँ

सोलुखुम्बुको मतगणनामा ढिलाइ हुने भएको छ। खुम्बु क्षेत्रको मतपेटिका अझै सदरमुकाम सल्लेरी आइपुगेको छैन। सोमबार दिउँसो हेलिकोप्टरबाट ती मतपेटिका ल्याइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो।

सोलुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको माथिल्लो क्षेत्र अर्थात लुक्ला, नाम्चे लगायतमा स्थानसम्म सडक पुगेको छैन। 

खुम्बु क्षेत्रमा ११ वटा मतदान केन्द्र छन्। जसमध्ये तल्लो भेगका दुई वटा केन्द्रको मतपेटिका गाडीबाट सदरमुकाम ल्याइसकिएको छ।

माथिल्लो भेगका मतपेटिका मानिसहरुले बोकेर नाम्चे र लुक्लामा जम्मा गरिने र दिउँसो होलिकोप्टरबाट ओसारिने छ। 

यो चुनावमा सोलुखुम्बुमा निकै कम मतदान भएको छ। ८१ हजार ५०२ मतदाता रहेको जिल्लामा ४८.३८ प्रतिशत अर्थात ३९ हजार ४३३ जनाले मात्र मतदान गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad