राजनीति


सप्तरी २ : जसपा अध्यक्ष धेरै पछि, सीके राउत अग्रता बढाउँदै

प्रदेशसभा क्षेत्रमा पनि जनमतकै अग्रता
सप्तरी २ : जसपा अध्यक्ष धेरै पछि, सीके राउत अग्रता बढाउँदै

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १९:४५, जनकपुरधाम

सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा र प्रदेशसभा जनमत पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

प्रतिनिधिसभातर्फ सप्तरी–२ मा जनमतका अध्यक्ष डाक्टर सीके राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पछाडि पारेका छन्। 

सप्तरी २को सुरुवाती रुझानले राउतले नै त्यहाँबाट जीत निकाल्ने सम्भावना प्रबल भएको छ । 

राउत ५ हजार ४३ मतसहित अग्रस्थानमा रहेका छन् भने जसपा अध्यक्ष उपेन्द्र २ हजार ३ सय १६ मत ल्याएर पछ्याई रहेका छन्। 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार जयप्रकाश ठाकुर १ हजार १८ मतसहित तेस्रो स्थानमा छन्।

त्यस्तै, प्रदेशसभा तर्फ सप्तरी २ को (क) मा जनमत पार्टीका सतिश कुमार सिंह ४ हजार ७ सय ९९ मतसहित अग्रस्थानमा रहेका छन्। 

त्यहाँ जसपाका उम्मेदवार शैलेन्द्र प्रसाद साहले २ हजार ४ सय ३६ मत ल्याएर सिंहलाई पछ्याइरहेका छन्। 

साह मधेश प्रदेशका अर्थमन्त्री पनि हुन्। लोसपाका सरोजकुमार मण्डलले १ हजार ८ सय ६३ मत ल्याएका छन्।

प्रदेशसभा तर्फ सप्तरी २ को (ख) मा पनि जनमतकै उम्मेदवारको अग्रता रहेको छ। 

त्यहाँ जनमत पार्टीका महेश प्रसाद यादव ३ हजार ८ सय ५७ मतसहित अग्रस्थानमा रहेका छन्। 

त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार उमेश कुमार यादवले २ हजार ८६ मत ल्याएर पछ्याईरहेका छन्। जसपाका लक्ष्मण यादवले १ हजार ५ सय ७५ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .