राजनीति


मनाङको प्रदेश ‘क’ मा कांग्रेसका मुनिन्द्रजंग विजयी

‘ख’ मा दीपक मनाङ्गे यसअघि नै निर्विरोध
मनाङको प्रदेश ‘क’ मा कांग्रेसका मुनिन्द्रजंग विजयी

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २०:६, पोखरा

गण्डकीको प्रदेशसभाअन्तर्गत मनाङ ‘क’बाट नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन्। 

उनले एमालेका राजनबहादुर गुरुङलाई ३३० मतले हराएका हुन्।

२हजार २१० मत खसेकोमा मुनिन्द्रले १ हजार ३५५ र एमालेका राजनले ९२५ मत प्राप्त गरे। ६ मत बदर भएको छ। 
मनाङको ‘ख’ मा भने यसअघि नै राजीव गुरुङ उर्फ दीपक मनाङ्गे निर्विरोध भइसकेका छन्। 

यो जितसँगै नेपाली कांग्रेसले प्रदेशसभातर्फ ३ सिटमा विजय हासिल गरेको छ। २०७४ सालको चुनावमा मनाङको त्यस क्षेत्रबाट मनाङ १ चिन्ताबहादुर घले नेपाली कांग्रेसका चिन्ताबहादुर घले ९९८ मतले विजयी भएका थिए। 

त्यो बेला एमालेका दोर्जे डंडुल गुरुङ ८९६ मत पाएका थिए। मनाङमा संघतर्फ कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङ मैदानमा छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad