राजनीति


कञ्चनपुर २ मा एनपी साउद ११८ मतले अगाडि

कञ्चनपुर २ मा एनपी साउद ११८ मतले अगाडि

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार २०:१४, काठमाडौँ

कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिएका छन्। 

कृष्णपुर नगरपालिकाको १ नम्बर वडाको मत गणना सम्पन्न हुँदा उनले ११८ मतले अग्रता लिएका हुन्। 

उक्त वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३२७ मत पाएका छन्। उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले १ हजार २०९ मत ल्याएका छन्।  

२०७४ को निर्वाचनमा पनि साउद र धामीबीच प्रतिष्पर्धा भएको थियो। उक्त निर्वाचनमा धामीसँग साउद पराजित भएका थिए। 

धामी ३३ हजार २०२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा साउदले २४ हजार ८९३ मत पाएका थिए। 

त्यसअघि २०७० को संविधानसभा निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्य साउदले एमालेका नेता तारा लामा तामाङलाई पराजित गरेका थिए।

तामाङ यसपालि क्षेत्र नम्बर १ बाट उम्मेदवार छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad