राजनीति


काठमाडौं ५ मा मतान्तर बढाउँदै प्रदीप, २५ सय मतले ईश्वर पछाडि

काठमाडौं ५ मा मतान्तर बढाउँदै प्रदीप, २५ सय मतले ईश्वर पछाडि

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ११:३६, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा प्रदीप पौडेलले मतान्तर बढाउँदै लगेका छन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पौडेलले २५ सय ४० मतान्तरले लिड गरिरहेका छन्। 

उनले सुरुवातदेखि नै अग्रता कायम राखेका छन्। उनले ८ हजार २ सय २० मत प्राप्त गरेका छन्।

पछिल्लो मतपरिणाम अनुसार त्यहाँ २४ हजार ७ सय ६० मत गणना भएको छ। जसमध्ये नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले ५ हजार ६ सय ८० मत प्राप्त गरेका छन्। 

एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरेल सुरुदेखि नै पछि परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad