राजनीति


गुल्मी १ : कालीगण्डकीको अर्वेनीमा पुन: मतदान हुँदै

गुल्मी १ : कालीगण्डकीको अर्वेनीमा पुन: मतदान हुँदै

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १४:३९, काठमाडौँ

गुल्मीको क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका-२ अर्वेनीमा मंगलबार पन: मतदान भइरहेको छ।

मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्रमा मतदान गर्नु पर्नेमा प्रदेशसभाको प्रत्यक्षतर्फ मतपत्रमा मतदान भएसँगै मतदान स्थगित थियो। 

त्यहाँ बिहान बिहान ७ बजेदेखि पुन: मतदान भएको हो। पुन:मतदान हुँदा विशेष सुरक्षासँगै प्रमुख जिल्ला अधिकारीसहितको खटिएको गुल्मीका सहायक प्रजिअ हरिप्रसाद गैरेले जानकारी दिए। 

मतदान चलिरहँदा मतगणनाको लागि ३ बजेबाट सर्वदलीय बैठक बस्दैछ। 

मतदान सकिएपछि मतपेटिका बुझ्नेबित्तिकै मतगणना सुरु हुने गैरेले जानकारी दिए। 

गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबीच प्रतिस्प्रर्धा छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .