राजनीति


रुपन्देही अपडेट : कुन क्षेत्रमा कसले कति मत ल्याए?

रुपन्देही अपडेट : कुन क्षेत्रमा कसले कति मत ल्याए?

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १६:५९, काठमाडौँ

आमनिर्वाचनअन्तर्गत रुपन्देहीका ५ वटै क्षेत्रमा अहिले मतगणना जारी रहेको छ।

जारी मतगणनाअनुसार क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्माको अग्रता छ। 

विश्वकर्माले १७ सय ३८ मत ल्याउँदा उनलाई पच्छाइरहेका नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले १५ सय ९९ मत ल्याएका छन्। 

त्यस्तै एमालेबाट विद्रोह गरेर माओवादी र कांग्रेसको साथ लिएका घनश्याम भुसालले तेस्रो हुँदै १४ सय २ मत ल्याएका छन्। 

रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ४ हजार २३५ मत ल्याउँदै अग्रता लिएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार एवम् पूर्व अर्थमन्त्री विष्णु पौडलेल ४ हजार ७२ मतका साथ पच्छाउँदै छन्। 

रुपन्देही ३ मा दीपक बोहराले अग्रता कायम राखेका छन्। बोहोराले ५ हजार ६५७ मत ल्याउँदा गृहमन्त्री बालकृष्ण खाँडले ४ हजार ९१० मत ल्याएका छन्। 

रुपन्देही ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले ५ हजार ३८४ मत ल्याएका छन्। 

उनलाई नेपाली कांग्रेसका प्रमोद कुमार यादवले ४ हजार ९३ मत पाएका छन्। 

रुपन्देही ५ मा एमालेका बासुदेव घिमिरेले अग्रता कायमै राखेका छन्। घिमिरेले ७ हजार ६० मत ल्याउँदा कांग्रेसका भरतकुमार शाहले ६ हजार १३३ मत पाएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .