राजनीति


सिन्धुपाल्चोक–१ मा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा

सिन्धुपाल्चोक–१ मा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ४:५७, काठमाडौँ

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ। सुरुवाती रुझानदेखि नै अग्रता लिएका नेकपा एमालेका उम्मेदवार सरेश नेपालले पछिल्लो परिणाममा पनि आफ्नो अग्रता कायम राखेका हुन्। 

नेपालले १३ हजार ६ सय १८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यस्तै, वाम लोकतान्त्रक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा ‘सुबोध’ ले १३ हजार ७ सय ५४ मत प्राप्त गरेका छन्। 

उनीहरुबीचको १ सय ३६ मतको अन्तर रहेको छ।

यहाँ सुरुदेखि नै मतपरिणाम प्रतिस्पर्धात्मक देखिएको छ। तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले १ हजार ७ सय ६० मत प्राप्त गरेका छन्।

सिन्धुपाल्चोक १ निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले यसअघि ३ पटकसम्म जितेकाे क्षेत्र हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .