राजनीति


काठमाडौं २ बाट जितेकी सोविता भन्छिन्– महत्त्वपूर्ण सवालहरू संसदमा पैरवी गर्नेछु

काठमाडौं २ बाट जितेकी सोविता भन्छिन्– महत्त्वपूर्ण सवालहरू संसदमा पैरवी गर्नेछु

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ६:१२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकीनेतृ सोविता गौतमले आगामी ५ वर्ष समाजमा शान्ति, समता र न्याय स्थापित गर्नमा खर्च गर्ने बताएकी छन्।

काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले समाजमा शान्ति, समता र न्याय स्थापित गर्नमा अबको पाँच वर्ष लगाउने बताएकी हुन्। 

‘आफ्नो तथा पार्टीको घोषणापत्रमा उल्लेख गरेबमोजिमका बाचा पूरा गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन अनि समाजमा शान्ति, समता तथा न्याय स्थापित गर्नमा मैले अबको पाँच वर्ष लगाउने छु,’ गौतमले लेखेकी छन्, ‘यस कर्ममा यहाँहरूको भरपूर साथको आशा राखेकी छु।’

उनले लोकतान्त्रिक व्यवस्थाअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीमार्फत् आफू अन्य प्रतिस्पर्धीभन्दा केही बढी मत ल्याएर निर्वाचित भए पनि लोकतान्त्रिक प्रतिस्पर्धामा कसैको पराजय नहुने पनि उल्लेख गरेकी छन्। 

‘अब्बल प्रतिस्पर्धाका लागि म मेरा प्रतिस्पर्धी साथीहरूलाई बधाई दिँदै तपाईंहरुले उठाउनुभएका महत्त्वपूर्ण सवालहरूलाई संसदमा पैरवी गर्ने विश्वास दिलाउन चाहन्छु,’ गौतमले भनेकी छन्। 

उनले काठमाडौं–२ बाट निर्वाचित गराउने सम्पूर्ण मतदाताप्रति आभार पनि प्रकट गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .