काठमाडौँ–१० को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन्।
निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार केसी १४ हजार चार सय ५८ मतसहित विजयी भएका हुन्।
केसीले प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई दुई हजार छ सय ७२ मतान्तरले पराजित गरेका हुन्। केसी विजयी भए पनि निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ।
एमालेका केसीले ११ हजार सात सय ८७ मत प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा कूल ५३ हजार तीन सय ३६ मत खसेको थियो भने स्वतन्त्रसहित विभिन्न पार्टीका १८ को उम्मेदवारी परेको थियो। रासस
72
Shares
प्रतिक्रिया