ad ad

राजनीति


सप्तरी- २ मा सीके राउत विजयी, जसपा अध्यक्ष उपेन्द्र यादव पराजित

सप्तरी- २ मा सीके राउत विजयी, जसपा अध्यक्ष उपेन्द्र यादव पराजित

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १६:२७, जनकपुरधाम

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत) सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। 

सप्तरी क्षेत्र नम्बर–२ बाट राउत भारी मतान्तरले निर्वाचित भएका हुन्।

राउतसँग जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव १८ हजार ६३ मतान्तरले पराजित बनेका छन्। 

राउतले ३५ हजार ४२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी यादवले १६ हजार ९७९ मत मात्रै प्राप्त गरेका छन्।

सोही क्षेत्रबाट पाँचदलीय गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .