कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ।
कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।
निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार तीन सय २३ मतले पछि पार्दै श्रेष्ठ ३० हजार चार सय चार मतका साथ श्रेष्ठ विजयी भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका चौधरीले १८ हजार ८१ मत पाएका छन्। नेकपा (एमाले)का तपेन्द्र रावलले पाँच हजार एक सय ९० मत प्राप्त गरेका छन्।
यसअघि यो क्षेत्रको प्रदेशसभा (क) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी १५ हजार एक सय एक मतका साथ विजयी भएका थिए।
त्यसैगरी (ख)मा सोही पार्टीका लक्ष्मणकिशोर चौधरी ११ हजार तीन सय १७ मतका साथ वियजी भएका निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए।
Shares
प्रतिक्रिया