राजनीति


आरजु राणाका पिए प्रकाश देउवा बने प्रदेश सांसद

आरजु राणाका पिए प्रकाश देउवा बने प्रदेश सांसद

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ९:४०, कञ्चनपुर

कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा २ मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार देउवा ९ हजार ५९१ मतसहित प्रदेश सांसदमा निर्वाचित भएका हुन।

उनी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवम् कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाका स्वकीय सचिव हुन्।

देउवाले एमालेका दुर्गाप्रसाद जोशीलाई ३ हजार २४० मतान्तरले पराजित गरेका हुन्। जोशीले ६ हजार ३५१ मत मात्रै ल्याउन सके।

सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले ४ हजार ३५८, राप्रपाका शिब राज भण्डारीले ३ हजार ४२२ र स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीले ३ हजार १८२ मत ल्याए। 

कूल खसेको २८ हजार ४८३ मतमध्ये १ हजार २६९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका डिल्लीराज पन्तको अग्रता कायमै छ। पछिल्लो मतपरिणाम अनुसार पन्त ९६८ मतान्तरले अगाडि छन्।

६२ हजार ९०९ मत गणना हुँदा कांग्रेसका पन्तले २० हजार ५९७ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नारदमुनि रानाले १९ हजार ६२९ मत हासिल गरेका छन्। 

यस्तै स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ८ हजार १९८ र जगदिश चौधरीले ६ हजार ६२९ मत ल्याएका छन्। उनलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .