ad ad

राजनीति


पाँचथरमा समानुपातिकको ब्यालेटभित्र प्रत्यक्षको मत भेटिएपछि...

पाँचथरमा समानुपातिकको ब्यालेटभित्र प्रत्यक्षको मत भेटिएपछि...

नेपाली कांग्रेसका उम्मेदवार भीष्म आङ्देम्बे र एमाले उम्मेदवार बसन्त नेम्वाङ।


नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार २०:५०, काठमाडौँ

पाँचथरमा समानुपातिकको मतपेटिकाभित्र प्रत्यक्षको मतपत्र भेटिएको छ। समानुपातिकको मतपेटिकामा प्रत्यक्षतर्फको मत भेटिएपछि सर्वदलीय बैठक बसेर अहिले मतगणना सुरु भइसकेको छ। 

पाँचथरका मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालका अनुसार निर्वाचन आयोगको परिपत्र अनुसार नै समानुपातिकको मतगणना गर्ने क्रममा प्रत्यक्षतर्फको मत भेटिएको हो। ‘अहिले सर्वदलीय बैठक बसेर मतगणना सुरु भइसकेको छ,’ दाहालले नेपालखबरसँग भने, ‘निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको सबै मत एकैपटक सार्वजनिक गर्नु भन्ने परिपत्र गरेको छ, तर अहिले नै हामीले कुनै उम्मेदवार विजयी भएको घोषणा गरेका छैनौं।’

एमाले उम्मेदवार बसन्त नेम्वाङ निर्वाचित भएको भन्दै त्यहाँ नेकपा एमालेका नेता कार्यकर्ताहरुले विजय जुलुस निकालिसकेका छन्। 

प्रत्यक्षतर्फको परिणाममा भीष्मराज आङ्देम्बेले र नेम्वाङबीच ४७ मतको अन्तर छ। यही अग्रतालाई आधार मान्दै एमालेका नेता–कार्यकर्ताले विजय जुलुस निकालेका थिए।

समानुपातिक तर्फको मतपेटिकामा फेला परेको प्रत्यक्षतर्फको मतपत्र गणना नभएको र अन्तिम परिणाम घोषणा भइनसकेको अवस्था रहेको दाहालले नेपालखबरलाई बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .