राजनीति


समानुपातिक : काठमाडौंमा रूखभन्दा घण्टी २० हजार मतले अघि

समानुपातिक : काठमाडौंमा रूखभन्दा घण्टी २० हजार मतले अघि

नेपालखबर
मंसिर १०, २०७९ शनिबार ६:३१, काठमाडौँ

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। निर्वाचन आयोगले प्रत्यक्षसँगै समानुपातिकको पनि मतपरिणाम धमाधम सार्वजनिक गरिरहेको छ। 

बिहान ५ बजे आयोगले अद्यावधीक गरेको परिणाम अनुसार देशभरमा एमाले पहिलो, कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ। पार्टी स्थापना भएको १ वर्ष नपुग्दै घण्टी चुनाव चिन्ह लिएको रास्वपाले ल्याएको मतले राजनीतिक दलका नेताहरुको समेत मनमा चिसो पसाएको छ। 

देशभरबाट समानुपातिकमा तेस्रो स्थान ओगटिरहेको रास्वपाले काठमाडौंमा भने पहिलो स्थान जारी राखिरहेको छ। पछिल्लो मत परिणाम अुनसार काठमाडौंमा रास्वपा पहिलो, कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख १ हजार ८४ मत पाउँदा नेपाली कांग्रेसले ८० हजार ८ सय १९ मत प्राप्त गरेको छ।

कांग्रेस र रास्वपाबीचको मतान्तर २० हजार २ सय २५ मत प्राप्त गरेको छ। काठमाडौंमा तेस्रो स्थानमा रहेको  नेकपा एमालेले ७९ हजार १ सय ४५ मत प्राप्त गरेको छ। 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६१ हजार ३ सय १५ मत प्राप्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .