ad ad

राजनीति


०७४ को पहिलो पार्टी एमाले कर्णालीबाट बढारियो, कुन दलले कति सिट जिते?

०७४ को पहिलो पार्टी एमाले कर्णालीबाट बढारियो, कुन दलले कति सिट जिते?

दिनेश बुढा
मंसिर १०, २०७९ शनिबार १७:५०, सुर्खेत

मंसिर ४ गते आइतबार भएको आम निर्वाचनको कर्णालीमा मतगणना सकिएको छ। १० जिल्लाका १२ प्रतिनिधिसभा रहेको कर्णालीमा सबै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। 

यो निर्वाचनमा कर्णालीबाट नेकपा एमाले भने बढारिएको छ। मधेश प्रदेशमा उल्लेख्य प्रगति गरेको दल एमालेले कर्णाली प्रदेशमा भने कुनैपनि क्षेत्रमा यो निर्वाचनमा जित निकाल्न सकेन्। 

यसअघिको निर्वाचनमा भने कर्णाली प्रदेशका ६ क्षेत्रमा जित निकालेर एमाले पहिलो दल बनेको थियो। त्यतिबेला नेकपा एमाले र माओवादीबीच वामगठबन्धन बन्दा कांग्रेस बढारिएको थियो।

त्यसकोे बदला कांग्रेसले वाम–लोकतान्त्रिक गठबन्धन गर्दे फिर्ता लगेको छ। गठबन्धनका उम्मेदवारले एमालेका सबै उम्मेदवारलाई पाखा लगाएका छन्।

०७४ को निर्वाचनमा १२ सिटमा एमालेले ६, माओवादीले ५ र स्वतन्त्रले एक सिट जितेका थिए। तर, यस पटक एक निर्वाचन क्षेत्रमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीले जित निकालेको छ। 

१० जिल्लाका सुर्खेत र दैलेखमा दुई वटा र अन्य जिल्ला हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, मुगु, जाजरकोट, रूकुम पश्चिम र सल्यानमा एक/एक वटा निर्वाचन क्षेत्र रहेका छन्।

जसमा जुम्ला राप्रपा, दैलेख–१, डोल्पा र सल्यान समाजवादी, कालीकोट, जाजरकोट, हुम्ला र रुकुम पश्चिम माओवादीले जित हात पारेको छ। यस्तै, नेपाली कांग्रेसले सुर्खेत–१, २, दैलेख–२ र मुगुमा प्रतिनिधिसभातर्फ जित निकालेको हो।

हेर्नुस् कुन दलको कहाँबाट कति सिट:

कांग्रेस 
सुर्खेत १ –पुर्णबहादुर खड्का (४२ हजार ६०७) मत
सुर्खेत २ –हृदयराम थानी (४२ हजार ६०७) मत
दैलेख २ –दीक्पालकुमार शाही (३४ हजार १५१) मत
मुगु – ऐनबहादुर शाही (१४ हजार ७०२) मत

माओवादी 
रुकुम पश्चिम –जनार्दन शर्मा (३९ हजार ५४९) मत
जाजरकोट– शक्ति बहादुर बस्नेत (३४ हजार १५१) मत
कालीकोट– महेन्द्रबहादुर शाही (३४ हजार ४७४) मत
हुम्ला – छिरिङ डम्ठुल लामा (भोटे) (१४ हजार ३७१) मत

एकीकृत समाजवादी 
सल्यान– प्रकाश ज्वाला (३५ हजार ७००) मत
दैलेख १–अम्मर बहादुर थापा (१८ हजार २५६) मत
डोल्पा– धनबहादुर बुढा (११ हजार २२५) मत 

राप्रपा
जुम्ला –ज्ञानेन्द्र शाही (२२ हजार ८ सय १९) मत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .