राजनीति


समानुपातिक मत : एमालेले २४ लाख, माओवादीले १० लाख माथि पुर्‍याए

समानुपातिक मत :  एमालेले २४ लाख, माओवादीले १० लाख माथि पुर्‍याए

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १५:३८, काठमाडौँ

प्रतिनिनिधसभा समानुपातिकतर्फ जारी मत गणनामामा सुरुदेखि नै सबैभन्दा अगाडि रहेको नेकपा एमालेले मतको संख्या २४ लाख कटाएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार उसले २४ लाख १३ हजार २ सय २२ मत ल्याइसकेको छ। यो दिउँसो साढे ३ बजेसम्मको तथ्यांक हो। 

यस्तै सोही समयमा समानुपातिकमा तेस्रो रहेको नेकपा माओवादी केन्द्रले प्राप्त मतको संख्या १० लाखभन्दा माथि पुर्‍याएको छ। आयोगको तथ्यांकअनुसार उसले अहिलेसम्म १० ५ हजार ६ सय ७९ मत प्राप्त गरिसकेको छ। 

समानुपातिकमा दोस्रो स्थानमा रहेको कांग्रेसले अहिलेसम्म २२ लाख ९४ हजार ९ सय ८३ मत पाएको छ। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो खबर लेख्दासम्म ९ लाख ८३ हजार ५ सय २२ मत ल्याएको छ। पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ५ लाख १३ हजार ९ सय ११ मत पाएको छ। 

यसबाहेकका दलले भने थ्रेसहोल्ड (३ लाख २० हजार मत) कटाएका छैनन्। 

अहिलेसम्म ८७ लाख ७४ हजार ६ सय ६१ मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .