नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फ २५ लाख मत कटाएको छ।
निर्वाचन आयोगले मध्यराति अद्यावधीक गरेको नतिजाअनुसार एमालेले समानुपातिकतर्फ २५ लाख मत कटाएको हो।
आयोगको वेवसाइटमा एमालेको मत २५ लाख ६१० छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस एमालेभन्दा १ लाख २८ हजार मतले पछि परेको छ।
आयोगले कांग्रेसको पक्षमा अहिलेसम्म २३ लाख ७२ हजार ४४६ मत आएको जनाएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ तेस्रो स्थानमा रहेको १० लाख ५५ हजार २० र चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको मत १० लाख ४४ हजार ६३५ छ।
५ लाख ४२ हजार ३०६ मत पाएर पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई जनता समाजवादी पार्टी ३ लाख १३ हजार ५२२ मतका साथ पछ्याइरहेको छ।
जनमत पार्टीले अहिलेसम्म २ लाख ४९ हजार ८८४ र नेकपा एकीकृत समाजवादीले २ लाख ४६ हजार १३६ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ३४ हजार १०५ मत ल्याएका छन्।
Shares
प्रतिक्रिया