राजनीति


समानुपातिक मत २४ लाख कटायो कांग्रेसले

समानुपातिक मत २४ लाख कटायो कांग्रेसले

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १२:४९, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्राप्त मतको संख्या २४ लाख कटाएको छ। 

सोमबार (आज) दिउँसो १२:४५ बजेसम्मको तथ्यांकअनुसार कांग्रेसले २४ लाख ३ सय ७ समानुपातिक मत प्राप्त गरेको हो। 

समानुपातिकमा पहिलो स्थानमा रहेको नेकपा एमालेले भने अहिलेसम्म २५ लाख ३४ हजार ४ सय ४४ मत ल्याएको छ। 

यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले प्राप्त समानुपातिक मतको संख्या १० ६४ हजार १ सय ५२ पुर्‍याएको छ भने यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ८ सय ३१ मत पाएको छ। 

पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६ सय ९० समानुपातिक मत ल्याएको छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले ३ लाख २६ हजार ४ सय १८ मत पाएको छ। योसँगै यी ६ दल राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .