राजनीति


झलनाथ खनाल हारेको इलाम २ मा समाजवादीले पुन:मतदान माग गर्ने

माधव नेपाल भन्छन् : इलाम र उदयपुरको पराजयलाई गम्भीररुपमा लिएका छौँ
झलनाथ खनाल हारेको इलाम २ मा समाजवादीले पुन:मतदान माग गर्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १६:१६, काठमाडौँ

एकीकृत समाजवादीले पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित भएको इलाम क्षेत्र नम्बर २ मा पुन:मतदान माग गर्ने भएको छ।

समाजवादीको मंगलबार बसेको पदाधिकारी बैठकमा खासगरी इलाम क्षेत्र नम्बर २ र उदयपुर क्षेत्र नम्बर २ मा पार्टीका उम्मेदवार पराजित भएको विषयमा गम्भीर छलफल भएको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए। 

उनका अनुसार इलाम क्षेत्र नम्बर २ मा सम्मानित नेता खनाललाई जालझेलपूर्ण ढंगले हराइएको रिपोर्ट आएको छ।

'इलाम २ र उदयपुर २ बारे पदाधिकारी बैठकमा समीक्षा भयो। इलाम २ मा हाम्रा सम्मानित नेतालाई हराउने नाममा अनेकौँ विसंगति देखिएका छन्। त्यसबारे उहाँले गम्भीर आपत्तिसहित वक्तव्य दिइसक्नु भएको छ', उनले भने, 'इलाममा पुन:मतदानका लागि कानुनी उपचारमा जाने कुरा भएको छ। हाम्रो सम्मानित नेताले वक्तव्यमा उल्लेख गरेको विवरण अनुसार हामी इलाम २ मा पुन:मतदानका लागि कानुनी प्रक्रियामा जानेबारे छलफल गरिरहेका छौँ।'

उता उदयपुरमा २ मा पनि पार्टी उपमहासचिव जगन्नाथ खतिवडा पराजित भएकोबारेमा पनि बैठकमा कुराकानी भएको नेपालले बताए। 

'उदयपुर २ बारे पनि हामीले छलफल गरेका छौँ', उनले भने, 'यी २ क्षेत्रको नतिजाबारे हामी गम्भीर छौँ। त्यसैले यसबारे हामी आवश्यक कदम चाल्छौँ।'

उदयपुर २ मा उपमहासचिव खतिवडा नेकपा एमालेका अम्बरबहादुर रायमाझीसँग पराजित भएका थिए। 

त्यहाँ सत्ता गठबन्धन भए पनि नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका रामकुमार राईलाई ब्याक गराउन नसक्दा खतिवडा पराजि  भए। राईले  १० हजार ३७९ मत प्राप्त गरेका थिए। राईको उम्मेदवारीकै कारण खतिवडा पराजित भएका थिए।

२०७४ को निर्वाचनमा त्यस क्षेत्रबाट नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .