ad ad

राजनीति


बाजुरा र स्याङ्जामा मतगणना सुचारु गर्न आयोगको निर्देशन

बाजुरा र स्याङ्जामा मतगणना सुचारु गर्न आयोगको निर्देशन

नेपालखबर
मंसिर १४, २०७९ बुधबार १६:२१, काठमाडौँ

बाजुरा र स्याङ्जाको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई सदर गरेको छ।

बुधबार बसेको आयोगको बैठकले बाजुरा र स्याङ्जा–२ को विवादले रोकिएको मतगणना थाल्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन पठाएको हो। 

स्याङजा २ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमाले लगायत केही राजनीतिक दलले पुनः मतदानको माग गरेका थिए।

बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा–२ को विवाद जिल्लास्तरबाट सुल्झन नसकेर आयोगमा आइपुगेको थियो। 

बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एकअर्काको आरोप छ। बाजुराकै बुढीनन्दा–५ मा स्थगित मतदान भने भइसकेको छ।

बाजुरामा पुनः मतदान नहुने, मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .