चुनाव सकिएको १० दिनपछि स्याङ्जा २ को मतगणना सुरु भएको छ।
सुरुवाती मत परिणाममा एमाले उम्मेदवार पद्माकुमारी अर्यालले अग्रता लिएकी छन्।
उनले नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुङलाई १३४ मतले पछि पारेकी छन्।
पद्माले ५७२ मत पाउँदा धनराजले ४३८ मत ल्याएका छन्।
त्यहाँ मतदानमा धाँधली भएको भन्दै मतगणना रोकिएको थियो।
स्थलगत अनुगमन र अनुसन्धानपछि निर्वाचन आयोगले मतगणना अघि बढाउने निर्णय गरेको हो।
390
Shares
प्रतिक्रिया