ad ad

राजनीति


स्याङ्जा–२ : धनराज र पद्माबीच कडा प्रतिस्पर्धी, ११ मतको अन्तर (अपडेट)

स्याङ्जा–२ : धनराज र पद्माबीच कडा प्रतिस्पर्धी, ११ मतको अन्तर (अपडेट)

धनराज गुरुङ र पद्मा अर्याल।


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार ८:०, काठमाडौँ

स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार यहाँ नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले अग्रता कायम राखेकी छिन्। अर्यालले २ हजार ९ सय २० मत प्राप्त गरेकी छिन्। 

अर्यालले सुरुवातदेखि नै अग्रता कायम राखेकी हुन्। त्यस्तै, अर्यालकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुङले २ हजार ९ सय ९ मत प्राप्त गरेका छन्। 

उनीहरुबीच ११ मतको अन्तर छ। यसअघि धनराजभन्दा पद्मा ४४४ मतले अघि थिइन्। अहिले भने धनराले अफ्नो मतान्तर घटाएका छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिक राज गुरुङले ५ सय ८९ मत प्राप्त गरेका छन्। 

चुनाव सकिएको १० दिनपछि बुधबार राति ९ बजेबाट यहाँको मतगणना सुरु भएको हो। 

स्याङ्जा–२ मा मतदानमा धाँधली भएको भन्दै मतगणना रोकिएको थियो। स्थलगत अनुगमन र अनुसन्धानपछि निर्वाचन आयोगले मतगणना अघि बढाउने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .