ad ad

राजनीति


गठबन्धनकै सरकार बन्छ, स्पष्ट बहुमत पुगिसक्यो : प्रचण्ड

गठबन्धनकै सरकार बन्छ, स्पष्ट बहुमत पुगिसक्यो : प्रचण्ड

सिन्धुपाल्चोकको सुकुटेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार ९:३३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनकै सरकार बन्ने र त्यसका लागि स्पष्ट बहुमत पुगिसकेको बताएका छन्।

पूर्व सभामुख, सिन्धुपाल्चोकका प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचित जनप्रतिनिधि र परिवारसहित सुकुटे रिसोर्ट पुगेका प्रचण्डले यही गठबन्धनकै सरकार बन्ने बताएका हुन्।

‘कोलिसनमा माओवादी नमिली कसैको बहुमत पुग्दैन, एकीकृत समाजवादी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसद गर्दा गठबन्धनकै सरकार बन्छ,’ प्रचण्डको भनाइ उदृत गर्दै माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा प्रदेश सांसद सरल सहयात्रीले नेपालखबरसँग भने, ‘यही गठबन्धनलाई निरन्तरता दिने कुरामा कांग्रेस प्रतिबद्ध छ,’

थुनामा रहेका रेशम चौधरीलाई प्रचण्डले सोमबार, माधव नेपालले मंगलबार डिल्लीबजार सदर खोरमै पुगेर भेट गरेका थिए। शक्ति बाँडफाँटका विषयमा समानुपातिक तर्फको अन्तिम परिणाम आएपछि प्याकेजमै छलफल हुने प्रचण्डले बताए।

‘शक्ति बाँडफाँटको विषय सबै चुनावी परिणाम आएपछि मात्र छलफल हुन्छ,’ प्रचण्डले भने, ‘यसबारे प्रधानमन्त्रीसँग छलफल हुन्छ।’ 

पहिलो चरणमा माओवादीले नै प्रधानमन्त्री पाउनुपर्ने पौडेलले बताए। गठबन्धन सरकारको पहिलो प्रधानमन्त्री प्रचण्ड हुनुपर्ने र त्यो स्वभाविक दाबी हुने उनको भनाइ छ।

सिन्धुपाल्चोकको सुकुटेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नवनिर्वाचित संघीय सांसद माधव सापकोटा सुबोध र प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल।

‘प्रधानमन्त्रीमा पहिलो दाबी हाम्रो रहन्छ र त्यो स्वतः हक लाग्छ,’ उनले भने, ‘कांग्रेसलाई पहिला पनि सरकार बनाउन दिएकै हो, अहिले त झन अस्तिकै गठबन्धनकै निरन्तरता भएकोले पहिलो प्रधानमन्त्री तपाईं हुनुपर्छ भनेका छौँ, उहाँले काङ्ग्रेससंग यसबारे कुरा हुन्छ भन्नुभयो।’

कांग्रेसले माओवादीलाई प्रधानमन्त्री बनाउने नैतिक दायित्व पूरा गर्ने विश्वास लिएको छ ।

अध्यक्ष प्रचण्डले चुनावी परिणाम अनपेक्षित रहेको बताउदै अब नयाँ ढंगले अघि बढ्ने बताए। उनले अब युवालाई अघि बढाउने प्रक्रिया थालिसकेको बताए ।

‘आन्दोलनलाई बचाउने युवाले हो, हामीले गरेको आन्दोलन र हिस्ट्रीको रक्षा गर्दै अगाडि बढाउने दायित्व युवाको काँधमा आयो,’ प्रचण्डले भने, ‘युवाले जिम्मेवारी लिएर जानुपर्छ,’

माओवादी पार्टी सुदृढ गर्नैपर्ने प्रचण्डको भनाइ रहेको सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .