दोलखाको मतगणना जारी छ। रातिबाट सुरु भएको त्यहाँको मतगणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार गंगा कार्कीले सुरुवाती अग्रता लिएका छन्।
मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठका अनुसार अहिलेसम्म ३ हजार ६ सय ४३ मतगणना भएको छ। जसमध्ये सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादीकी कार्कीले २ हजार ३ सय ३९ मत प्राप्त गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ९ सय ३२ मत प्राप्त गरेको श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।
उनीहरुबीचको १४ सय ७ मतको अन्तर छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका जगदीश खरेलले १ सय १८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजय खड्काले ३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
495
Shares
प्रतिक्रिया