ad ad

राजनीति


राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभातर्फ राजधानीमै जित्यो ४ सिट

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभातर्फ राजधानीमै जित्यो ४ सिट

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १५:४१, काठमाडौँ

रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा मात्रै प्रतिनिधिसभातर्फ चार सिट जितेको छ। 

यही निर्वाचनअघि मात्र गठित उक्त पार्टीले पहिलो चुनावमै अनपेक्षित जित हासिल गरेको हो। 

काठमाडौंका १० क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा विजय प्राप्त गरेको हो। 

घण्टी चुनाव चिह्न रहेको यो पार्टीले काठमाडौंका क्षेत्र नम्बर २, ६, ७ र ८ मा जितेको हो। 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौंका उल्लिखित चार क्षेत्रमा क्रमशः सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। 

यो पार्टी प्रदेश सभा सदस्य निर्वाचनमा भने सहभागी छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .