राजनीति


करिश्माले भोट हाल्दै भनिन् : यसपालि रेखा थापाले जित्नुपर्छ

करिश्माले भोट हाल्दै भनिन् : यसपालि रेखा थापाले जित्नुपर्छ

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १२:४३, काठमाडौँ

अभिनेत्री करिश्मा मानन्धरले जारी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदानगरेकी छिन्। उनले काठमाडौंको महाराजगन्जस्थित ३ नम्बर वडाबाट मतदान गरेकी हुन्।

श्रीमान् विनोद मानन्धरसँगै मतदान स्थल पुगेकी करिश्माले मतदानपछि यसपटक रेखा थापाले जित्नुपर्ने बताइन्।

उनले राजनीतिमा कलाकार आउनु आवश्यक रहेको बताइन्।

अर्को चुनावमा आफू पनि उम्मेदवार बन्ने सुनाउँदै करिश्माले भनिन्, ‘कलाकार राजनीतिमा आउने लहर आएको छ। रेखा थापालगायत अन्य उम्मेदवारले यसपालि जित्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .