ad ad

राजनीति


नेपालमा धैरै दल जरुरी छैन, राजनीतिक ध्रुवीकरण हुनुपर्छ : शंकर पोखरेल

नेपालमा धैरै दल जरुरी छैन, राजनीतिक ध्रुवीकरण हुनुपर्छ : शंकर पोखरेल

फाइल फोटो


नेपालखबर
साउन १, २०७९ आइतबार १८:८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको आरोप लगाएका छन्। 

महासचिव पोखरेलले सत्तारूढ गठबन्धनले मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल निम्त्याएको आरोप लगाएका हुन्। 

आइतबार पोखरामा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उनले मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनको जनआकांक्षा सम्बोधन गर्ने काम सत्तारुढ गठबन्धन सरकारबाट सम्भव नभएको जिकिरसमेत गरे। 

उनले मुलुकमा राजनीतिक ध्रुबीकरणको आवश्यकता रहेको दोहोर्‍याउँदै आगामी संघ र प्रदेशसभाको निर्वाचनमा आफूले त्यो अपेक्षा गरेको पनि बताए। 

‘आज गठबन्धनले नीतिगत विचलन, स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल निम्त्याएको छ। यो मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनकारी आकांक्षाका लागि बाधक छ भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ', उनले भने, 'त्यसअर्थमा म के भन्न चाहन्छु भने अब मुलुकलाई समृद्धिको बाटोमा लैजाने हो भने राजनीतिक धुब्रीकारण अनिवार्य छ। अब मुलुकमा धेरै राजनीतिक दल आवश्यक छैन।'

पोखरेलले मुलुकलाई कुन बाटोमा लैजाने भन्ने सन्दर्भमा दुईवटा प्रश्न रहेका बताए। 

'यो मुलुकलाई सामाजिक न्यायसहितको लोककल्याणकरी राज्यको माध्यामबाट समाजतर्फ लैजाने, एउटा बाटो। समाजलाई उदार पूँजीवादको बाटोबाट बुर्जुवाकरण गर्ने अर्को बाटो', उनले भने, 'अब कतातर्फ जाने? बाटोको छनौट नेपाली जनताले गर्नुपर्नेछ। दलहरु पनि यी दुई प्रवृत्तिकै वरिपरी धुब्रीकृत हुन जरुरी छ। यसअर्थमा अब धेरै राजनीतिक दलहरु होइन, राजनीतिक धुब्रीकरणमा जान जरुरी छ। आउने निर्वाचन त्यो दिशातर्फ अघि बढने कुराको विश्वास र अपेक्षा गरेको छु।’

महासचिव पोखरेलले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गरेको अपराधिक गतिविधिलाई रोक्न खोज्दा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने प्रयास भइरहेको दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .