प्रतिनिधि सभाको निर्वाचनमा कास्की-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उत्तमप्रसाद पौडेल निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका पौडेल निकतम प्रतिस्पर्धीलाई २४ हजार ४१८ मतान्तरले पराजित गर्दै सांसद बनेका हुन्। उनले ३१ हजार ९११ मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)का रश्मि आचार्यले ७ हजार ४९३ मत पाएका छन्। यस्तै, नेपाली कांग्रेसका माधवप्रसाद वास्तोलाले ६ हजार ५ सय मत पाएका छन्।
चौथो नम्बरमा रहेका राप्रपाका हेमजंग गुरुङको १ हजार ६४३ मत छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हेमबहादुर थापा पराजुलीले १ हजार २७६ मत पाएका छन्। उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत पाएका छन्।

प्रतिक्रिया