राजनीति


राम मन्दिरको कार्यक्रममा नजाँदैमा कोही हिन्दूविरोधी हुँदैन : शशि थरुर

राम मन्दिरको कार्यक्रममा नजाँदैमा कोही हिन्दूविरोधी हुँदैन : शशि थरुर

नेपालखबर
पुस १२, २०८० बिहिबार १४:४९, काठमाडौँ

भारतीय कांग्रेस सांसद शशि थरुरले राम मन्दिरको कार्यक्रममा भाग लिनु वा नलिनु व्यक्तिको इच्छा भएको उल्लेख गर्दै त्यसैका आधारमा कसैलाई हिन्दूविरोधी भन्नु सरासर मूर्खता भएको टिप्पणी गरेका छन्। 

उनले उक्त कार्यक्रममा कांग्रेसका तीन/चार जना वरिष्ठ नेतालाई निमन्त्रणा गरिए पनि आफूलाई भने निम्ता नआएको पनि सुनाए। 

मिडियासँगको कुराकानीमा शशि थरुरले भने, ‘मलाई लाग्छ– मन्दिर कुनै राजनीतिक मञ्च होइन। मन्दिर प्रार्थना गर्ने ठाउँ हो। मन्दिरमा जानु वा नजानु मानिसको निजी निर्णय हो र आमन्त्रित व्यक्तिहरूले निर्णय गर्नेछन्।’

‘जहाँसम्म मेरो कुरा छ, मलाई बोलाइएको छैन, त्यसैले मैले यसबारे कुनै निर्णय लिनु पर्दैन। हाम्रो विचारधारा सीपीआईएमभन्दा फरक छ। न त हामी उनीहरूजस्तै नास्तिक छौँ, न त भाजपाको हिन्दुत्वसँग सहमत छौँ। हामी (कांग्रेस) जनताको निजी मान्यतालाई सम्मान गर्छौं।’

‘पार्टीका तीन/चार वरिष्ठ नेतालाई निमन्त्रणा आएको छ र उनीहरूले यसमा स्पष्ट निर्णय गर्नेछन्– जाने वा नजाने? जनताले यसलाई राजनीतिक मुद्दा बनाएका छन्, यो सही हो? एउटा राजनीतिक कार्यक्रममा नजाँदैमा तपाईं हिन्दूविरोधी बन्नुहुन्छ। ठीक यस्तै मन्दिर जाँदैमा तपाईं कसैको विरोधी बन्नुहुन्न।’ 

उनले अगाडि भने, ‘कंग्रेसलाई यस्तो दबाब दिन खोजिएको छ कि तपाईं जानुभयो भने भाजपाको हातको खेलौना बन्नुहुनेछ, जानुभएन भने तपाईं हिन्दूविरोधी बन्नुहुनेछ, यो मूर्खता हो। उनीहरू के चाहन्छन् भन्ने विषयमा जनतालाई नै निर्णय गर्न दिनुहोस्।’

आगामी जनवरी २२ मा राम मन्दिरमा रहेको रामललाको प्रतिमाको प्राण प्रतिष्ठा कार्यक्रम हुँदैछ, जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत ६ हजारभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .