ad ad

राजनीति


राष्ट्रियसभा निर्वाचन : कर्णालीमा एमाले गठबन्धनसँग भिड्दै, यस्तो छ मतभार

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा एमाले गठबन्धनसँग भिड्दै, यस्तो छ मतभार

कर्णाली प्रदेशबाट गठबन्धनका उम्मेदवार


नेपालखबर
माघ ११, २०८० बिहिबार ९:१७, सुर्खेत

आज हुने राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा ३ सिटका लागि ६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। 

राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशमा एमाले एक्लै तीन दलीय गठवन्धनसँग भिड्दै छ। 

कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच राष्ट्रिय सभाका ३ सिटमा १-१ सिट लिने गरी भागबन्डा भएको छ। 

तीन दलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी सावित्री मल्ल, माओवादीबाट कालीकोटका विष्णु विक मैदानमा छन्। 

महिलातर्फ मल्ल, दलिततर्फ विक र अन्यतर्फ रोकाया उम्मेदवार छन्।


यस्तै, नेकपा एमालेले गठबन्धनबीच प्रतिस्पर्धा गर्नका लागि तीन जना उम्मेदवार मैदानमा खडा गरेको छ। 

जसमा विमलाकुमारी शाही, हिक्मत विक र डिल्लीप्रसाद भट्ट उम्मेदवार छन्। 

हुम्लाकी शाही महिला क्लस्टर, दैलेखका हिक्मत विक दलित क्लस्टर र मुगुका भट्ट अन्य क्लस्टरबाट उम्मेदवार बनेका छन्।

कसको मतभार कति?

सत्ता गठबन्धन मिलेर चुनावमा जान लागेकाले कर्णालीमा यसपटक एमाले शून्य हुने सम्भावना बढी छ। 

कर्णालीमा नेपाली कांग्रेससँग प्रदेश र स्थानीय तहको निर्वाचनको कुल मतभार १ हजार ९ सय ७६ छ। स्थानीय तहका प्रमुख(अध्यक्ष ६ सय ८ र उप-प्रमुख-उपाध्यक्षबाट ५ सय ३२ र प्रदेशसभामा ७ सय ९५ मतभार छ। तर, स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित दुई जनप्रतिनिधिको निधन भइसकेको छ।  

जसमा दैलेखको महाबु गाउँपालिकामा निर्वाचित लक्षुमन गुरूङ र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको निधन भएको छ। 

सिंहको २०८० कात्तिक १७ गते बेलुका जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परि निधन भएको हो। 

यस्तै, नेकपा माओवादी केन्द्रसँग स्थानीय तहको प्रमुख-अध्यक्ष गरी ४ सय ३७ र उप–प्रमुख-उपाध्यक्षको ४ सय ७५ र प्रदेशसभा सदस्य ६ सय ८९ गरी जम्मा १ हजार ६ सय १ मतभार छ।  

एमालेसँग स्थानीय तहका प्रमुखरअध्यक्ष गरी २ सय ८५, उप–प्रमुख-उपाध्यक्षबाट ३ सय ८० र प्रदेशसभामा ५ सय ३० गरी कुल १ हजार १ सय ९५ मतभार छ। 

यस्तै, एकीकृत समाजवादीसँग स्थानीय तहका प्रमुख-अध्यक्ष गरी ७६ र उप–प्रमुख-उपाध्यक्ष गरी १ सय १४ र प्रदेशसभामा ५३ गरी जम्मा २ सय ४३ मतभार छ। 

स्थानीय तहका प्रमुखमा निर्वाचित भएका ५ जनाको मतभार ९५ रहेको छ। यी पाँच जना स्वतन्त्र जनप्रतिनिधि मध्ये केही पार्टीमा फिर्ता भइसकेका छन्।  

यस्तै, कर्णाली प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ५३ मतभार छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .