ad ad

राजनीति


नयाँ नेतृत्व चयनका लागि एमाले सुर्खेतमा मतदान सुरु

नयाँ नेतृत्व चयनका लागि एमाले सुर्खेतमा मतदान सुरु

दिनेश बुढा
चैत ११, २०८० आइतबार १२:२८, सुर्खेत

एमाले सुर्खेतको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। आइतबार दिउँसो १२ बजेबाट मतदान सुरू भएको हो। मतदान प्रक्रिया दिउँसो ४ः१५ सम्म चल्ने छ।

एमाले सुर्खेतको नवौँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका नेताहरूबीच सहमति जुट्न नसेकपछि निर्वाचन गरिएको छ। 

अध्यक्षका लागि हालका जिल्ला कमिटी अध्यक्ष अमृतबहादुर बिसी र उपाध्यक्ष कुलमणी देवकोटका मैदानमा होम्मिएका छन्। बिसीलाई एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत इन्चार्ज गोरखबहादुर बोगटी र देवकोटा स्थायी कमिटी सदस्य यामलाल कँडेलले सघाएका छन्। 

यस्तै, उपाध्यक्षमा देवकोटा टिममा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव खुलामा अझै टुंगा लाग्न सकेको छैन। उप–सचिव महिलाबाट सुशील विश्वकर्माले उम्मेद्वारी दर्ता गराएकी छन्।

उपध्याक्ष पदका उम्मेदवार बडुवाल यसअघि पार्टी विभाजनहुँदा समाजवादीतर्फ लागेर सुर्खेत जिल्ला अध्यक्ष थिए। समाजवादीबाट एमालेमा समायोज भएका बडुवाल एमाले सुर्खेत पश्चिमका प्रभावशाली नेताका रुपमा चिनिन्छन्। यसो त पार्टी विभाजन नहुनु अघि बडुवाल एमाले सुर्खेतको सचिव थिए।

एक कार्यकाल अध्यक्ष भइसकेकाले विसी आठौँ अधिवेशनमा यामलाल कँडेलकै पक्षबाट उम्मेदवार बनेर जितेका थिए। विसी पुनः दोहोरिँदा उनको टिमबाट उपाध्यक्ष ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्माले उम्मेद्वारी दर्ता गराएका छन्। उप–सचिवद्वयमा भने खुलातर्फ हरि अधिकारी र तृप्ती विश्वकर्माले उम्मेद्वारी दर्ता गरएका हुन्।

चैत ८ गतेबाट सुरु भएको अधिवेशनमा जिल्लाभरबाट ४९५ जना प्रतिनिधि सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .